काठमाडौं, भदौ १२ – तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढेको छ । बन्दकर्ताले जनै पूर्णिमा अर्थात रक्षा बन्धनलाई मध्यनगर गर्दै बन्द खुलाएपछि चहलपहल बढेको हो ।
दाङ, बाँके, बर्दिया, नवलपरासी लगायतका ठाउँमा चहलपहल बढेपनि कैलालीको टिकापुरमा भने सोमबारदेखि लागेको कर्फ्युका कारण रक्षा बन्धन मनाउन टाढा जानुपर्नेलाई समस्या भएको छ ।
धनगढीमा बिहान ११ बजेदेखि बेलुकी ५ बजे कर्फ्यु लाग्ने भएपछि टाढा जानुपर्नेहरु बिहानै हिँडेका छन् ।

Post a Comment

 
Top