बागलुङ, भदौ ७ – दोहोरो बन्दका कारण सोमबार पनि बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । विगतमा गरेको सहमति र अन्तरिम संविधानको भावना विपरीत नयाँ संविधान ल्याउन लागिएको भन्दै नेपाल आदिबासी जनजाति महासंघले आव्हान गरेको नेपाल बन्द र शीर्ष नेतृत्वले पहिलो निर्णय सच्याउने प्रतिवद्धता जनाए पनि पुन : बागलुङ जिल्ला टुक्राइएको विरोधमा जिल्लामा क्रियाशिल राजनीतिक दलले गरेको अनिश्चितकालिन बागलुङ बन्दका कारण जनजीवन कष्टकर बनेको हो । 
बन्दका कारण बागलुङबाट छुट्ने लामो तथा छोटो दुरीका गाडी ठप्प भएका छन् भने बजार, पसल, उद्योगधन्दा, शिक्षण संस्था पनि प्रभावित भएका छन् । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, मानवअधिकार, खानेपानी लगायतका अत्यावश्यकीय सवारी साधनहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ ।

Post a Comment

 
Top