काठमाडौं, भदौ ४ –  महानगरीय अपराध महाशाखाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा कुमार श्रेष्ठ ‘घैँटे’को मृत्यु भएको जनाएको छ । महाशाखाले विज्ञप्ती निकालेर सामाखुसी कपुरधारा बालकुमारी मार्गमा भएको घटना आफ्नो ज्यान जोगाउने क्रममा भएको जनाएको छ । महाशाखावाट खटिएको प्रहरी टोलीले भारतीय राजदूतावासबाट कपुरधारातर्फ जाँदै गर्दा विपरीत दिशाबाट पल्सर मोटरसाइकल र स्कुटरमा आएका सात आठ जनाको समूहलाई जाँच गर्न रोक्न खोज्दा नरोकी उत्तरतर्फ लागपछि समूहलाई पिछा गर्दै जाँदा उल्टो प्रहरीलाई गोली चलाउन खोजेपछि गोली चलाएको प्रहरीले बताएको छ । 
प्रहरीका अनुसार घटनाको विवरण यस्तो छ :
*   २०७२।०५।०३ गते यस महाशाखाबाट खटिएको टोलीले काठमाण्डौ उपत्यका भित्रका विभिन्न स्थानहरुमा हातहतियारहरु सहितका अपराधिक समुहका व्यक्तिहरुले विभिन्न पेशा, व्यवसाय र रोजगार गरी वस्ने व्यक्तिहरुलार्ई डर त्रासमा पारी अवैध रुपमा रकम असुली गरी गुण्डागर्दीको संजालको विकास गर्ने कृयाकलापमा संलग्न रहेको भनि विशेष सुचना प्राप्त भएकोले त्यस्ता गतिविधिमा संलग्न रहेका अपराधिक प्रवृतिका व्यक्तिहरुको अनुसन्धान गरी आवश्यकता अनुसार शंकास्पद स्थानहरु समेतमा खानतलासी गरी त्यस्ता अवैध हातहतियार तथा खरखजनाहरु सहित संलग्न व्यक्तिहरुलाई पक्राउ गरि दाखिला गर्नको लागि खटिएको टोलीे दिउँसो अन्दाजी ११ः२० वजेको समयमा का.जि. का.म.न.पा. वडा नं. २९व्रिटिस एम्वेसीबाट कपुरधारा तर्फ जाँदै गर्दा विपरित दिशाबाट पल्सर मोटरसाईकल र स्कुटरमा ७।८ जना व्यक्तिहरु अस्वभाविक गतिमा शंकास्पद रुपमा व्रिटिस चिहानसँगै जोडिएको बाटोबाट पश्चिम तर्फ मोडिई गएको देखि शंका लागी त्यसतर्फ पिछा गरी अगाडी चोकमा पुग्दा ड्युटीमा खटिएको प्रहरीले हामी प्रहरी हौं चेकजाँचको लागि रोक्नुस् भनि जनाउ दिँदा मो.सा. मा आएका व्यक्तिहरुको समुह विभिन्न दिशा तर्फ भाग्दै गरेको अवस्थामा उत्तर तर्फ लागेको समुहलाई पिछा गर्दा वालकुमारी चोक सडक भित्र रहेको खाली ठाउँमा पुगेपछि ४।५ जना व्यक्तिहरुले आफ्नो सवारी साधन रोकी प्रहरीलाई मार्ने उद्देश्यले पेस्तोल निकाली प्रहरी तर्फ नै फायर गरेको र केहिले ईट्टा, ढुङ्गा समेत प्रहार गरि आक्रमण गरेको अवस्थामा प्रहरी कर्मचारीले आफ्नो आत्मरक्षाको लागि अन्तिम उपाय स्वरुप आफुहरु सँग रहेको हतियारबाट फायर गर्दा ३ जना व्यक्तिहरु घाईते भई उपचारार्थ शिक्षण अस्पताल महाराजगन्जमा पठाईएकोमा उपचारको क्रममा घाईते मध्येका सनाखत हुन आएका कुमार घैंटे भन्ने कुमार श्रेष्ठको मृत्यु भएको र अन्य राज महर्जन र सुरेन महर्जनको सोही अस्पतालमा उपचार भईरहेको । उक्त घटनामा प्रहरी तर्फ ३ जना घाईते भई निजहरुको विर अस्पताल काठमाण्डौमा उपचार भईरहेको, घटनास्थलबाट पछि सनाखत हुन आएका निज कुमार घैंटे भन्ने कुमार श्रेष्ठले प्रहरीलाई गोली प्रहार गरेको 9mm 9Round Made in Italy लेखिएको 22220 को Auto पेस्तोल थान १ र ऐ को गोली ४ राउण्ड समेतका सवुत प्रमाणहरुफेला परी बरामद हुन आएको । 
*   निज कुमार घैंटे भन्ने कुमार श्रेष्ठले यस अघि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहि अनुसन्धान र कारवाही भएका घटनाहरुको विवरण समेत निम्नानुसार रहेको –
    मिति २०५५ साल कार्तिक ५ गते २२ः१५ बजेको समयमा वर्ष २१ को प्रेम गुरुङ्गलाई का.जि.का.म.न.पा.वडा नं.२९ मा घैटे भन्ने कुमार श्रेष्ठ र राजु श्रेष्ठले खुकुरी र खुँडा प्रहार गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
    मिति २०६०।०४।१४ गते १२ः०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.७ चावहिलमा बस व्यवसायी संघको कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न रही सार्वजनिक अपराध मुद्दामा कारवाही भएको ।
    मिति २०६२।०३।१८ गते राती अन्दाजी १०.०० बजे का.जि.का.म.न.पा.२९ सामाखुशी स्थित भन्ज्याङ दोहोरी साँझामा म्याग्दी राखु पिप्ले २ घर भई सामाखुशी बस्ने वर्ष ३६ को कुमार मल्ललाई कुटपिट गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
    मिति ०६३।०५।१६ गते राती का.जि.गोंगवु स्थित सोगल डान्स रेष्ट्ररेण्ट अगाडी सडकमा जिल्ला काभ्रे सरमथली ८ घर भई का.जि.काठमाण्डौ बस्ने विष्णु लामालाई गोली प्रहार गरेको  घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
    मिति ०६३।०३।१८ गते राती अन्दाजी ०३ः०० बजेको समयमा का.जि.का.म.न.पा.२९ सिद्दि गणेश मा.वि.अगाडी वा.१ ज.२३४७ नम्बरको ट्याक्सीमा गई रहेका निज घैंटे भन्ने कुमार श्रेष्ठ समेतले वा.५ च.८८६ नंम्बरको गाडीमा चढेका प्रेम लामा समेतलाई धारीलो हतियार प्रहार गरी घाईते तुल्याएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
    मिति २०६३।११।२६ गते जिल्ला कास्की पोखरा घर भई का.जि.गल्कोपाखा बस्ने हनेन्द्र सिंहलाई का.जि.का.म.न.पा.गल्कोपाखामा धारीलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
    मिति २०६५।०७।२४ गते साँझ अं.१७ः३० वजे का.जि.का.म.पा.१ दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते वनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।

Post a Comment

 
Top