काठमाडौं, भदौ ४ – शुक्रबार नुवाकोट केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १२ बजेर २१ मिनेटमा ४ रेक्टर स्केलको पराकम्प गएको हो ।
वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर स्केलका ३ सय ८० भन्दा धेरै पराकम्पन गैसकेको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुने विज्ञले आग्रह गर्दै आएका छन् ।

Post a Comment

 
Top