काठमाडौं, भदौ ९– कमल थापा नेतृत्वको राप्रपा नेपालले कैलालीको टीकापुरमा प्रहरी एसएसपीसहित ८ जनाको ज्यान जाने गरि भएको हिंसाको भत्सर्ना गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक वक्तब्य जारी गरि गर्दै सीमित नेताको अदुरदर्शिता र सत्ता स्वार्थको कारणले अहिलेको अवस्था सिर्जना आरोप आरोप लगाएका छन् । ‘संविधान निर्माणको क्रममा केहि सीमित नेताहरुको अहम्, अदुरदर्शिता र सत्ता स्वार्थको कारणले गर्दा अहिले जनता असन्तुष्ट, आक्रोसित र सिंगोदेशआन्दोलित हुन पुगेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘यो अवस्थाको अन्त्य गरि सबै राजनैतिक शक्ति, वर्ग र क्षेत्रको भावनालाई सम्बोधन गर्ने तथा सबै नेपाली जनताको अपनत्व महसुश गर्ने गरी क्रममा संयम् र विवेकले काम गर्न राप्रपा नेपाल अपील गर्दछ ।’ यस्तै थापाले निषेधको राजनीतिक परित्याग गरि आन्दोलनरत सबै पक्षसँग सम्बाद गर्न पनि माग गर्दै जनताको जिउज्यानको सुरक्षा गर्न समेत माग गरेका छन् । राप्रपा नेपालले उक्त घटनामा परि ज्यान जानेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेको छ । यसैबीच राप्रपा नेपालको विद्रोही पार्टी राप्रपा नेपाल समानान्तरले पनि कैलाली घटनाको भत्सर्ना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । कार्यबहाक अध्यक्ष गणेश शेरचनले जारी गरेको विज्ञप्तीमा चार दलको निर्णय आफ्नै स्वार्थ अनुकूल मात्रै रहेको भन्दै हतारमा थालिएको संविधान निर्माणको कामलाई तत्काल स्थगित गर्न माग गरिएको छ । यस्तै देशभर भएको आन्दोलनका क्रममा दुई दर्जनभन्दाबढीको ज्यान गइसकेको भन्दै समानान्तर पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरेको छ ।
 - See more at: http://www.ratopati.com

Post a Comment

 
Top