काठमाडौं, भदौ ११ – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बेल्जियमका प्याट्रिक एजम्स नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्याट्रिकलाई शुक्रबार ६ महिनाका लागि राष्ट्रिय फुटबलको प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाले प्याट्रिकलाई मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिइने र नेपालले साफ च्याम्पियनसिप जितेमा १५ हजार डलर छुट्टै बोनस दिइने जानकारी दिएको छ ।
नयाँ प्रशिक्षक नियुक्त भएसँगै अहिले राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका ध्रुब केसीले भने प्राविधिक सहल्लाहकारका रुपमा काम गर्ने एन्फाले जनाएको छ ।

Post a Comment

 
Top