काठमाडौं, भदौ ६ – मोफसलका लेखक घनश्याम पथिकको उपन्यास ‘युनिका’को एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा विमोचन गर्नुभयो । 

प्रेम कथामा आधारित उपन्यास विमोचन कार्यक्रममा मह जोडीले नेपाली साहित्य क्षेत्रमा पथिकले गरेको प्रयास निकै सह्रानीय रहेको बताउँदै मोफसलमा रहेर पनि स्तरीय कृति प्रकाशन गरेकोमा धन्यवाद दिए । अर्का हाँस्यब्यङ्य कलकार मनोज गजुरेललेपथिकले प्रकाशन गरेको उपन्यास ‘युनिका’ ले पाठकको मन जित्नेमा आशावादी रहेको बताउनुभयो । एन वि पुस्तक संसारले प्रकाशन गरेको उपन्यास एक पागल प्रेमिको वकपत्र रहेको र यसले सवैको मन छुनेमा आफु आशावादी रहेको लेखक घनश्याम पथिकले बताउनुभयो ।
उपन्यासको समिक्षा गर्दै साहित्यकार घनेन्द्र ओझाले बजारमा आउने धेरै उपन्यास भन्दा ‘युनिका’ स्तरीय, सरल र वास्तविक परिघटना झल्कने खालको रहेको बताउनुभयो । यसअघि २ वटा गजल र १ वटा कविता संग्रह प्रकाशन गरिसकेका पथिकको यो पहिलो उपन्यास हो । 

Post a Comment

 
Top