काठमाडौं, भदौ ६ – चार दलले सात प्रदेशको सीमाङ्कनप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकको बैठकले सीमाङ्कनप्रति असन्तुष्ट भएर आन्दोलनको घोषणा गरेका दललाई वार्ता र संवादबाटै समस्याको समाधान खोज्न अपील गर्ने निर्णय गरेका हुन् ।

प्रस्तावित सातको प्रदेशको सीमाङ्कन कुनै पनि ठोस आधार र सिद्धान्तअनुसार नभएको भन्दै संघीय समाजवादी फोरम नेपाल, सद्भावना, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतले आन्दोलनको घोषणा गरेका छन् । पछिल्लो समय फोरम लोकतान्त्रिकले पनि सीमाङ्कनप्रति चर्को असन्तुष्टि व्यक्त गरेको छ ।
आठ प्रदेशमा गए मात्र पहिचान र सामथ्र्यका आधारमा प्रदेश कायम गर्न सकिने लोकतान्त्रिकको दावी छ । यस्तै, प्रधानमन्त्री सुशील कोइरालाले पनि सरकारका तर्फबाट असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गर्नुहुने भएको छ । कोइरालाका प्रेस सल्लाहाकार प्रतीक प्रधानका अनुसार वार्तामा आउन आह्वानका लागि तयारी भइरहेको छ । 

Post a Comment

 
Top