भाद्र ११, २०७२- नुवाकोटको दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । रातभर परेको वर्षाका कारण गएको पहिरोले घर पुरिंदा उनीहरुको मृत्यु भएको हो ।
सामरी–७ को झर्लाङमा १ र गोर्स्याङ–२ को काप्रे सिरानचोक गाउँमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा झर्लाङका ८० वर्षीया सीताकुमारी तामाङको मृत्यु भएको छ ।
काप्रे सिरानचोक गाउँमा पहिरोमा ४ घर परिंदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय सोमबहादुर तामाङ, उनका श्रीमती ३५ वर्षीया सुकुमाया तामाङ, ३६ वर्षीइ फुर्कु तामाङ, ११ वर्षीय केशव तामाङ र ९ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाइते भएका ६ जनालाई उपचारको लागि सदरमुकाम ल्याइदै छ । घटनास्थल सदरमुकामबाट १७ किलोमिटर टाढा पर्छ ।

Post a Comment

 
Top