काठमाडौं, साउन ३० - सरकारले भूकम्प बढी प्रभावित १४ जिल्लामा दादुरा–रुबेला खोप अभियान संचालन गरेको छ । वैशाख १२ गतेको भूकम्पमा कारण स्थगित भएको अभियान शनिबारदेखि फेरि संचालन भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार शनिबार र आइतबार प्रभावित क्षेत्रका विभिन्न चोकमा र सोमबारदेखि घरघरमा गएर खोप दिइनेछ । उहाँले दादुरासँगै खतराको रुपमा देखापरेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप दिइन लागेको जानकारी दिनुभयो । पहिले यसका विरामी धेरै भएपनि केहि समय घटेका तर खोप दिन छुटेपछि फेरि बढेकाले अभियान चलाइएको उहाँको भनाई छ ।
पहिलो चरणमा शनिबारदेखि तीन दिन र दोस्रो चरणमा भदौ  १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिनेछ । अभियानको क्रममा पाँच वर्षसम्मका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाउने महाशाखाको योजना छ । 

Post a Comment

 
Top