काभ्रे, भदौ ३ – अविरल वर्षाका कारण अस्थायी टहरा भत्किँदा काभ्रेमा श्रीमान श्रीमतीको ज्यान गएको छ । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका टुकुचा नाला –८ का ४१ वर्षका लक्ष्मण के.सी र उहाँकी श्रीमती ३५ की गीताको ज्यान गएको हो ।
टहरोमा भएको गाह्रो राती परेको पानीले गलेर भत्किँदा दुईजनाकै ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दिपक भारतीले जानकारी दिनुभयो । टहरो भत्किँदा उहाँहरुका ७ बर्षिय छोरा उपेन्द्र र भान्जा दिनेश कार्की घाइते भएका छन् ।
बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारपछि उनीहरु घर फर्किएका छन् । उनीहरुको अबस्था सामान्य रहको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top