बाँके, भदौं ११ – नेपालगञ्जमा अवस्था सामान्य हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले चारदिनपछि निषेधाज्ञा हटाएको छ । भदौं ७ गते राती ७ बजेदेखि नेपालगञ्जको पूर्वमा फुल्टेक्रा,पश्चिममा नन्दनी मिल, उत्तरमा राझा चौक र दक्षिणमा जमुनाह सम्म सभा,सम्मेलन, जुलुस लगायत समुहमा भेला हुन नपाउने गरी प्रशासनले अनिश्चितकालसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले अवस्था सहज हुन थालेपछि शुक्रबारदेखि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी लेखकका अनुसार बाँकेको कोहलपुर नगरपालिकामा लगाइएको निषेधाज्ञा भने यथावत रहेको छ । कोहलपुरको पुर्बमा चप्परगौडी, पश्चिममा किरणनाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राझासम्म निषेधाज्ञा लगाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकको उपस्थितीमा दुइदिनअघि जिल्ला प्रश सनमा भएको सहमतिमा प्रशासनले निषेधित क्षेत्र बिस्तारै सहज गर्ने र आन्दोलनकारीले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने सहमती भएको थियो । रक्षाबन्धनलाई मध्यनजर गर्दै आन्दोलनकारीले शुक्रबार र शनिबार नेपालगञ्जमा बजार खुल्न दिएकै दिन प्रशासनले पनि निषेधाज्ञा हटाएको सार्वजनिक गरेको छ । निषेधाज्ञापनि नेपालगन्जमा दुईदिन कफ्युृ लगाइएको थियो भने कोहलपुरमा कफ्युृपछि निषेधाज्ञा लगाइएको हो ।

Post a Comment

 
Top