डोटी, भदौ ९ -  डोटीको मुडेगाउँ गाबिस ४ का लक्ष्मण ताम्राकारको घर भत्किँदा उहाँका ४ बर्षिय छोरा शिबु ताम्राकारको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक बज्जिरसिंह धामीले दिनु भएको जानकारी अनुसार गएराती घरको धुरी भाँचिएर घर भत्किएको हो । घाइतेहरुको सदरमुकाम जिल्ला अस्पतालमा सिलगढीमा उपचार भैरहेको छ ।

Post a Comment

 
Top