पर्वत, भदौ ६ – पर्वतको खानीगाउँमा पाडापाडी संरक्षण  अभियान थालिएको छ । जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिँदा स्थानीय जातका लिमी र पारकोटे भैंसी लोपहुन थालेपछि पाडापाडी संरक्षण अभियान थालिएको हो ।

पाडापाडी हुर्काउन झन्झट मान्ने र थोरै दूध हुने भएकाले पाडापाडीलाई जन्मने बित्तीकै काट्ने चलन छ । केही पाडी राख्ने गरेपनि कडुवा भएपछि मासुका लागि बेच्ने प्रचन बढेकाले स्थानीय जातको भैंसी जोगाउन अभियान थालिएको छ । त्यसका लागि खानीगाउँमा पाडापाडी संरक्षण तथा स्रोत केन्द्र समेत स्थापना गरिएको छ । अभियानका क्रममा भैसीले पाडापाडी जन्माउने बित्तीकै संरक्षण केन्द्रले खरिद गर्छ ।  स्थानीय जातका भैंसीबाट भर्खरै जन्मिएका पाडापाडीको संरक्षण गरी प्रजनन योग्य पाडापाडी तयार गर्ने उद्देश्यले अभियान थालिएको केन्द्रका अध्यक्ष ध्रुब लम्सालले बताउनुभयो ।
अहिले भर्खरै जन्मेका १२ वटा पाडापाडी खरिद गरिएको छ । पाडापाडी हुर्काउन दैनिक ६० लिटर दूध खुवाउने गरिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । जल्ला पशुसेवा कार्यलय पर्वत र संसद विकास कोषको सहकार्यमा स्थानयि लिमे पारकोटे भैंसी संरक्षणका लागि घाँस विकास र गोठ निर्माण पनि गरिसकिएको छ । जिल्ला पशु सेवा कार्यलय पर्वतका प्रमुख अमृतकुमार मास्केले व्यवसायीक रुपमा भैंसी पाल्न खोज्ने किसानलाई प्राविधिक सरसल्लाह, जुकाको औषधि र पोषिलो घाँसको बीउहरु उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

Post a Comment

 
Top