महोत्तरी, भदौ ११ – महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । शुक्रबार राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो ।
आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र  एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन वटै बस महोत्तरीको औरही घर भएका मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
जलेश्वर–जनकपुर–काठमाडौं चल्दै आएका नाइटबसलाई चौधरीले बन्दमा आफ्नो डेरा अगाडी पार्किङ गरेर राख्नुभएको थियो । रिसइवीको कारण पार्किङ गरेर राखिएको बसमा आगजनी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चण्डेश्वर यादवले बताउनुभयो ।

Post a Comment

 
Top