राष्ट्रसंघका महासचिव बान कि मुनले यो
समस्या समधानका लागि एकीकृत राजनीतिक प्रयासको खाँचो रहेको बताउनुभएको छ ।
महासचिव मुनले आप्रवासीको गन्तव्यका रुपमा रहेका देशलाई आप्रवासीको
प्रवेशका लागि सुरक्षित र कानूनी व्यवस्था फराकिलो पार्न आग्रह गर्नुभएको छ
।
राष्ट्रसंघका महासचिव मुनले पछिल्ला केही
दिनमा भएका घटना डरलाग्दा र मुटुनै चुडिने खालको भएको भन्दै समस्या
समाधानका लागि एक हुन विश्वका नेतासँग आग्रह गर्नुभएको छ । मुख्य गरी
सिरिया, इराक तथा अफगानिस्तानका नागरिकले जोखिमपूर्ण यात्रा तय गर्दै
गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ज्यान गुमाउने गरेका छन् ।

Post a Comment