काठमाडौं, भदौ १० – वैशाख १२ गतेको भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । झण्डै ४ महिना बित्न लागेपनि १० पुरुष र एक विदेशीसहित दुई महिलाको सनाखत हुन नसकेको हो । काठमाडौंबाट १०, रसुवा लाङटाङबाट २ र भक्तपुरबाट भेटिएको एउटा शवको सनाखत हुन नसकेको हो ।
खोजी गर्न कोही पनि नआएपछि शिक्षण अस्पताल महाराजगंजमा उनीहरुको शव राखिएको छ । सनाखत नभएका शवको अभिलेखिकरण गरी शव गृहमा राखिएको प्रहरीले जनाएको छ । यसबारे थप जानकारी लिन शव गृह अगाडि रहेको शव व्यवस्थापन डेस्कमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

Post a Comment

 
Top