काठमाडौं, भदौ ९ – दंगाग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा बाक्लो रुपमा सुरक्षाकर्मी बसेपछि अहिले तराईका विभिन्न जिल्लामा प्रदर्शन कम हुँदै गएको छ । अस्ति प्रहरीका उच्च अधिकारी सहित ८ जनाको हत्या भएको कैलालीमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएपछि स्थिति सामान्य बन्दै गएको छ । टिकापुर क्षेत्रमा लगाइएको कफ्र्यू अहिले पनि कायमै छ ।
धनगढीमा भने हिजो बेलुकी ७ बजेपछि कफ्र्यु हटाइएपनि बिहान ११ बजेदेखि फेरि कफ्र्यू लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, बिहान ६ बजेपछि कफ्र्यु हटाइएपछि बाँकेमा चहलपहल बढेको छ । कोहलपुरमा  बिहान १० बजेदेखि ४ बजेसम्म कपर््mयू लगाइने स्थानीय प्रशासनले जनाएको छ । बर्दियाको सदरमुकाम गुलरिया र राजापुरमा निषेधाज्ञा जारी छ । गुलरियामा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म र राजापुरमा बिहान ९ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा लगाइएको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएको दाङ र रौतहटको जनजीवन सामान्य छ । ११ दिनदेखि बन्द हुँदा सप्तरीमा जनजीवन कष्टकर बन्दै गएको छ ।

Post a Comment

 
Top