उनीहरुले वातावरणीय हक र सामुदायिक
सम्पतिको हकका बारेमा नेताले खासै चासो नदेखाएकाले आफूहरुको खवरदारी जारी
रहने बताउनुभयो । सभासद आनन्द पोखरेलले चाँडो संविधान जारी गर्न दलहरु
लागिपरेकाले सबैका अधिकारले संविधानमा पूर्णता पाउन नसकेको
सभासद भोटेले तत्काल संविधान जारी गरेर
समयअनुसार संविधानमा आफ्ना अधिकार स्थापित गर्दै जानुपर्ने बताउनुभयो ।
सभासद नागेन्द्र चौधरीले मौलिक हकमा पर्ने विषय धेरै भएको भन्दै सामुदायिक
सम्पति र प्राकृतिक स्रोतमाथिको अधिकारलाई नेताहरुले कटौती गरेको आरोप
लगाउनुभयो । कांग्रेस एमालेका शीर्ष नेताहरुले एक अर्कालाई देखाएर आफूहरुको
मुद्धालाई पाखा लगाएको चौधरीको भनाइ छ ।
सभासद पार्वत गुरुङले संविधानसभा नै
विभाजित भएकाले आफूहरुका मुद्धा ओझेलमा परेको बताउनुभयो । परिसंघका पूर्व
अध्यक्ष घनश्याम पाण्डेले सरकारले गुठीमार्फत सामुदायिक सम्पतिको अवधारणा
ल्याएपनि पर्याप्त नभएको बताउनुभयो । समुदायमा आधारित वन सहजकर्ताको
सञ्जालका अध्यक्ष भोला खतिवडाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने
मुद्धाको हदम्याद नहुने भएकाले अधिकारका लागि लगातार वकालत गर्नुपर्नेमा
जोड दिनुभयो ।

Post a Comment