भक्तपुर, भदौ १० – अविरल वर्षासँगैको बाढीले भक्तपुर र मध्यपु्र थिमिका केही वस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासको क्षेत्र डुबानमा परेका हुन् ।
भक्तपुरको बस्तीमा विहान ५ बजेदेखि र मध्यपुर थिमिको बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् । बाढी वस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, बिद्यालय, भूकम्प पीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुवानमा परेका छन् । 
भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडितको ८ सय ५० जना बस्दै आएको शिविर डुवानमा पुरै डुबेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो । ‘विहान ५ बजे सुतिरहेको शिविरमा एक्कासी पानी
पसेपछि भूकम्प पीडितको भागदौड मच्चियो’ शिविरमा बस्दै आएकी राधिका त्वातीले भन्नुभयो–‘कोही बच्चा बोकेर दौडिए, बुढाबुढीलाई कसैले घिसार्दै दौडिए, शिविरको केही सामान झिक्न पाईएन, ज्यान जोगाउनै मु्श्किल पर्यो ।’
शिविर वस्तीमा बसेका भूकम्प पीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यसक्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेको थियो । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ ।
भक्तपुर नगरपालिका भएर बग्ने हुनमन्ते खोला क्षेत्र आसपासमा जगाते, च्यामासिंह सडक खण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सृजना नगरका सयौ घर, पसल एवं कारखानाहरु डुबानमा परेका छन् । 
भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्राबि, बालसेवक निमावि, ब्राईटस्टार परोपकारको भवन डुबेपछि पढाई समेत अबरुद्ध भएको छ भने बाढीले सडक अबरुद्ध बनाए पछि धेरै विद्यालयहरुको पढाई प्रभावित भएको छ ।
  भक्तपुरकै सिद्वी स्मृती अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि विरामीको उपचारमा समेत प्रभावित भएको छ । ईवामुरा अस्पतालमा पानी पसरेर डुबानमा परेपछि ईमरजेन्सी सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका मेनेजर रंजित मारिकुले जानकारी दिनुभयो ।
यस्तै सिद्धि स्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचारमा प्रभावित भएको छ । अस्पतालको एम्बुलेन्सदेखि ईमरजेन्सी कक्षसम्म डुबानमा परेको छ भने अस्पतालको भुईंतल्ला सबै डुबानमा परेपछि उपचार समेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो ।
अस्पतालको जेनेटरदेखि प्राबिधिक सामाग्रीहरु डुबानमा परेपछि २ करोड रुपैंया बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । विहान नौ बजे मध्यपुरथिमिमा बाढी पसेपछि यहाँका ३ सय ५० घर डुबानमा परेको छ । बिहान नौ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरैजना माथिल्लो तल्लामा गएर बसेका छन् । 
मध्यपुरथिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पुरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पुर्याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कूल पुर्याएर आउँदा घर एक तल्ला डुबिसकेको बताउनुभयो । 
राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तल्ला पुरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तल्लामा गएर बसेको बताउनुभयो । बस्तीमा घरभित्र परेका बच्चाहरुलाई प्रहरी बृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेको थियो । 
बिहान ११ बजेसम्म मध्यपुरथिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो । वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेँमा पहिरो जाँदा झण्डै ५ घण्टा सडक अवरुद्ध भएको छ । डोजरले पहिरो पन्छाएपछि सडक बिहान ९ बजे खुलेको थियो । 
​भक्तपुरमा डुबान, भूकम्प पीडितको बिचल्ली (तस्बिर सहित)
​भक्तपुरमा डुबान, भूकम्प पीडितको बिचल्ली (तस्बिर सहित)
​भक्तपुरमा डुबान, भूकम्प पीडितको बिचल्ली (तस्बिर सहित)
​भक्तपुरमा डुबान, भूकम्प पीडितको बिचल्ली (तस्बिर सहित)

Post a Comment

 
Top