घनश्याम पौडेल
६ भदौ, अर्घाखाँची
नेपाल आदिवासी जनजाती महासघंले आहृवान गरेको नेपाल बन्दले अर्घाखाँचीमा बहानैदेखी पुर्ण प्रभाव परेको छ । बन्दकर्ताहरु बिहानैदेखी सदरमुकाम सन्धिखर्कका सड्कमा निस्केर बन्द गराउदै हिडेपछी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगाएत ग्रामिण बजारहरु पनि बन्दभएका छन, भने बिहानैदेखी गाउँबाट आउने गाडि र सन्धिखर्कबाट बुटवल, काठमाण्डौ जाने गाडि बन्दमा जान नपाएपछी यात्रुहरु मर्कामा परेका छन ।
बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु चलेका छन भने दुधका पसलहरु मात्र खुला छन, भने कलकारखाना, फर्निचरहरु पनि खुलेका छैनन् ।
पहिचानका आधारमा प्रदेशहरुको सीमांकन गर्नुपर्ने, आदिवासी जनजाती आयोग गठन गर्नुपर्ने लगायतका मागहरु राख्दै आदिवासी जनजाती महासघंले आईतबार र सोमवार नेपाल बन्दको आहृवान गरेको हो ।

Post a Comment

 
Top