बाग्लुङ, भदौ ६ – मुस्ताङको जोमसोममबाट पोखराका लागी उडेको विमान बाग्लुङमा आकस्मिक अवतरण गरिएको छ । डाइनेष्टी एयरलाइन्सको नाइन एन–एजेडी विमान मौसममा आएको खराबीका कारण बाग्लुङको बलेवा विमानस्थलमा बिहान १० बजे आकस्मिक रुपमा अवतरण गरिएको हो ।


विमानमा ३ जना फ्रान्सेली नागरिक रहेको र उनीहरु सबै सुरक्षित रहेको  जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिहंले बताउनुभयो ।

Post a Comment

 
Top