काठमाडौं, भदौ ७ – लगातार जसोको बन्दका कारण जनजीवन कष्टकर बनेको भन्दै यातायात व्यवसायीले बाटो खुलाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एक दिन बन्द हुँदा यातायात क्षेत्रमा दैनिक ७० करोड घाटा लाग्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
यस्तै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० लाख भन्दा धेरै श्रमिक बन्दको चपेटामा परेका छन् । नजिकिदो दशैंका लागि पनि गाडीको व्यवस्था गर्नेबारे अहिले नै तयारी थाल्नु पर्नेमा बन्दले अन्यौल बढाएको व्यवसायीको गुनासो छ ।

Post a Comment

 
Top