वीरगंज, भदौ ९ - भन्सारमा रोकिएका गाडी गन्तव्यमा पुर्याउन वीरगंज–पथलैया करिडोरमा पर्ने त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आज बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक  दिवेश लोहनीले जानकारी दिनु भयो  ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निषेधित क्षेत्रमा गस्ती गर्ने उहाँले बताउनु भयो । मधेश केन्द्रित दलहरुको अव्हानमा भैरहेको आन्दोलनका कारण  एकहजार भन्दा धेरै मालवाहक गाडी बीरगंज भन्सार पारी भारतीय सीमामा रोकिएका छन ।
मालवाहक ट्रक, कन्टेनर, प्लेटफर्म ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावर्ती भारतीय सहर रक्सौलको लक्ष्मीपुरसम्म पुगेको छ । अरुबेला दैनिक ५ सयसम्म मालवाहक गाडी वीरगंज भन्सार हुँदै नेपाल भित्रिने गरेको थियो ।
सीमापारी रोकिएका बाहेक नेपाल भित्रिसकेका झण्डै एकहजार भन्दा बढी भारतीय गाडी तोकिएको समयमा फर्कन नपाएको वीरगंज उद्योग वाणिज्य संघका सचिव दिपक टिवडेवालले बताउनुभयो ।

Post a Comment

 
Top