बर्दिया, भदौ १२ – चितवनदेखि कञ्चनपुरसम्म थरुहट, थारुवान प्रदेशको माग गर्दै आन्दोलनरत थरुहट संघर्ष समिति र मधेसी मुक्ती मोर्चाले शनिबार एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने निर्णय गरेको छ ।
जनैपूर्णिमाको अवसर पारी शनिबार एक दिनका लागि यातायात र बजार खुला गर्ने निर्णय गरीएको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान चौधरीले जानकारी दिनुभयो । १८ दिनदेखि थरुहटले गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको  थियो ।
बन्द खुलेसँगै  बिहानैदेखि गाडी चल्न थालेका छन् । बजार पनि खुलेका छन् । बजारमा मानिसको चहलपहल बढेको छ । आन्दोलनका कार्यक्रम यथावत रहेको र आइतबारदेखि १६ गतेसम्मको घोषित कार्यक्रम अनुसार यातायात र बजार बन्द हुने चौधरीले बताउनुभयो ।
जिल्ला प्रशासन कर्यालयमा शुक्रबार बसेको सर्वपक्षिय बैठकमा बन्द कार्यक्रममा लाठी, गुलेली लगायतका घरेलु हतियार प्रदर्शन नगर्ने, शान्ति सद्भाव नखल्बलिने खालको कार्यक्रम गर्ने निर्णय भएको थियो ।
बन्द खेलेपनि जिल्ला प्रशासन कार्यालयले सदरमुकाम गुलरीया र राजापुरमा लगाएको निषेधाज्ञा भने अर्को सूचना जारी नहुँदा सम्मका लागि जारी छ । सभा, जुलुस लगायतका कार्यक्रम गर्न निषेध गरीएको छ ।

Post a Comment

 
Top