खोटाङ, भदौ ११ – दिक्तेलबजार सामाजिक गुठीले खोटाङ सदरमुकाम दिक्तेलमा सदभाव र्‍याली निकालेको छ । बिभिन्न जातजाती तथा समुदायकाबीचमा कायम सदभाव बचाउमा नेवार समुदायको लाखेजात्राको पूर्वसन्ध्यमा शुक्रबार सदरमुकाम दिक्तेलमा सदभाव र्‍याली निकालिएको हो ।
अहिले जारी प्रदेशको नामांकन र सिमांकनका बिषयमा यस क्षेत्रमा पनि हुनसक्ने सम्भाबित हिंसालाई निरुत्साहित गर्न समेत सदभाव र्‍याली केन्द्रीत गरिएको गुठीका साधारण सदस्य राजु लयालुले बताउनुभयो । बिभिन्न जातजाती, धर्मालम्बीको सदियौँदेखिको सदभावलाई जोगाइराख्नका लागि लाखेजात्राको पूर्वसन्ध्यमा सदभाव र्‍याली]
 निकालिएको गुठीले जनाएको छ । र्‍यालीमा उद्योगी, व्यवसायी, सामाजिक तथा जातीय संघसंस्थाका प्रतिनिधि, सदरमुकाम आसपासका विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको बाक्लो सहभागीता रहेको थियो ।
गुठीको अगुवाइमा दिक्तेलको हाटडाँडाबाट सुरु गरिएको सदभाव र्‍याली त्रिबेणीचोक, पूरानो बेस क्याम्प हुँदै रत्नपार्क पुगेपछि पुःन फर्किएर सरस्वती उच्च माविको प्रांगणमा टुंगिएको थियो ।

Post a Comment

 
Top