दाङ, भदौ ९ - दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४० भन्दा धेरै घाइते भएका छन् । रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ख ८३९ नम्बरको बस बबई नदीमा चिप्लिएर पल्टिँदा २७ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
यस्तै रामपुरबाट घोराहीका लागि छुटेको रा १ ज ४०३ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको जीप एक घरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक विरवहादुर थापाले जानकारी दिनुभयो ।
घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

Post a Comment

 
Top