काठमाडौं, भदौ ४ – स्वामी डा. प्रपन्नाचार्यको निधन भएको छ । पशुपतिको मृगस्थलीमा बस्दै आएका उहाँको शुक्रबार बिहान साढे ३ बजे निधन भएको उहाँका आफन्तले जनाएका छन् । वि.स १९७९ मा पाँचथरको फिदिममा जन्मिएका उहाँ लामो समयदेखि फोक्सोको संक्रमण र श्वासप्रश्वास रोगका कारण पीडित हुनुहुन्थ्यो ।
३० वर्षको उमेरमा अक्षर सुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दु धर्म सम्बन्धी थुप्रै किताव लेख्नु भएको छ । उहाँ वेदको ज्ञाता समेत हुनुहुन्थ्यो । उहाँको वास्तविक नाम काले राई भए पनि उहाँलाई सबैले स्वामी प्रपन्नाचार्यको नाममा चिन्छन् ।

Post a Comment

 
Top