भक्तपुर, भदौ १० – भक्तपुरको जगाते डुबानमा परेको छ । गएराति परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी र सडकमा बिछ्याइएको ढल फुट्दा अरनिको राजमार्ग अन्तर्गत जगातेको दायाँबायाँका बस्ती पुरै डुवानमा परेको हो ।
खोलामा आएको बाढीले सिद्धीस्मृति अस्पताल र हनुमानघाटको महेश्वरी खेल मैदानमा रहेको अस्थायी शिविर पनि डुवानमा परेको छ । भूकम्प पीडित बस्दै आएका अस्थाई शिविर डुवानमा परेको हो । शिविरमा बसेकाहरुले भागेर ज्यान जोगाएका छन् । यस्तै जगातेको सडकमा पोखरी बन्दा अबरुद्ध भएको सडक ५ घण्टा पछि खुलेको छ । 

Post a Comment

 
Top