काठमाडौं, भदौ ११ – सञ्चारकर्मी, साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले लेखेको पुस्तक काठमाण्डू सेल्फीको शुक्रबार विमोचन हुँदैछ ।
साहित्यकार सायमीले चलचित्र, साहित्य र संगीतमाथि लेखेको पुस्तकको विमोचन काठमाडौंको भृकुटीमण्डमा रहेको पुस्तक प्रदर्शनी स्थलमा दिउँसो एक बजे साहित्यकार चेतन कार्कीले गर्नु हुनेछ । गएको हप्तादेखि बजारमा आएको पुस्तकको विमोचन समारोहमा गीतकार नगेन्द्र थापा, सञ्चारकर्मी रविन्द्र मिश्र र डा. सुदीप श्रेष्ठले पुस्तकका बारेमा बोल्नुहुनेछ ।

Post a Comment

 
Top