बाँके, भदौ ११ – नेकपा एमालेले कैलाली जिल्लालाई प्रदेश नम्बर ५ मा राख्न माग गरेको छ ।
एमाले  जिल्ला कमिटी बाँकेको  शुक्रबार नेपालगन्जमा बसेको बैठकले बाँके लगायत पश्चिम तराईका जिल्लामा थारु समुदायले आफ्नो अधिकार तथा पहिचानका लागि गरेको आन्दोलनप्रति सकारात्मक हुँदै, थारु बाहुल्यता रहेको कैलाली जिल्लालाई प्रदेश नम्बर ५ मा राख्न माग गर्ने निर्णय गरेको हो ।
कैलालीलाई प्रदेश नम्बर ५ मा ल्याउदा आन्दोलनरत थारु समुदाय लगायत अन्य आन्दोलनमा रहेका समुहको माग पनि पुरा हुने एमाले बाँकेका सचिव रत्न खत्रीले बताउनुभयो ।

Post a Comment

 
Top