काठमाडौं, भदौं ६– सदभावना पार्टीका चारजना सभासदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष राजीनामा बुझाएका छन् । आइतबार दिउँसो सभाध्यक्ष नेम्वाङलाई भेटेर सद्भावनाका लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैल 

कुमारी महताेले राजीनामा बुझाएका हुन् । 

उनीहरुले निलम्बनमा परेका सञ्जय साहको राजीनामा पनि सभाध्यक्षलाई बुझाएका छन् । संविधानसभा नियमावलीअनुसार सभासदहरुले राजीनामा दिँदा व्यक्तिगत रुपमा दिनु पर्ने व्यवस्था छ । 
६ जना सभासद रहेको सद्भावनाका नरसिंह चौधरी र माधवी रानी साहले भने राजीनामा दिनुभएको छैन । राजीनामा बुझ्दै सभाध्यक्ष नेम्वाङले संविधान, कानुनअनुसार आफूले निर्णय लिने जानकारी गराउनुभएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । उहाँले राजीनामा फिर्ता लिएर संविधान निर्माणमा प्रक्रियामा सहभागी हुन आग्रह पनि गर्नुभएको छ । 

Post a Comment

 
Top