काठमाडौं, भदौ ६ – खानेपानीमा ध्यान नदिँदा हैजा नियन्त्रणमा आउन नसकेको डाक्टरले बताएका छन् । काठमाडौंसहित धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर लगायतका जिल्लामा हैजाका बिरामी भेटिएका छन् ।

काठमाडौंको कुलेश्वर, कपन, कालिमाटी, टेकु, सुन्दरीजलका बासिन्दामा हैजा भेटिएको पुष्टि भैसकेको छ । सुन्धाराको केन्द्रीय काराकारका कैदीलाई पनि हैजा भएको पुष्टि भएको टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार जार र ट्याङकीको पानी पिउनलाई हैजा भएको पाइएको छ ।
धेरैले जार र ट्याङकरको पानीलाई पूर्ण शुद्धीकरण भएको सम्झेर सिधै पिउने गरेका छन् । डाक्टरका अनुसार पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिएमा हैजाबाट जोगिन सकिन्छ ।
खानेपानीमा ध्यान नदिने हो  भने भूकम्प अति प्रभावित जिल्लामा हैजाको प्रकोप देखिने सम्भावना बढेको डाक्टरले बताएका छन् । भूकम्प अति प्रभावित क्षेत्रमा नजिक अस्पताल नहुने र भएका अस्पतालमा पनि भूकम्प पछि सेवा सुविधा प्रभावित भएकाले हैजा फैलिए जोखिम हुने डा. शेरबहादुर पुनको भनाई छ ।

Post a Comment

 
Top