सिरहा, भदौ १२ – सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पानी तान्ने मोटर जोटिएको धारोबाट पानी पिउने क्रममा करेन्ट लागेर गोलबजारका युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।
गोलबजारमा रहेको शिव मन्दिरमा जल चढाउने बडहरामालको उत्तरवाहिणी नदीबाट पानी लिएर आइरहेको गोलबजार–५ का १७ वर्षका सुमन साहको मिर्चैय–१ का विश्वनाथ साहको धाराबाट पानी पीउने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका साहको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो मै ज्यान गएको हो । साहको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top