रोल्पा, भदौ १२ — खेलाइरहेको भरुवा बन्दुक पड्किएर रोल्पाको घर्तिगाउँमा एक जना बालिकाको ज्यान गएको छ । घर्तिगाउँ–३ लामिडाडाँकी दुई वर्षकी सृष्टी घर्तिमगरको भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर ज्यान गएको हो । 
घर्तिगाउँ–३ लामिडाँडाका १४ वर्षका भिमबहादुर घर्तिले खेलाइरहेको बन्दुक बड्किँदा उनको दाईकी छोरी दुई वर्षकी सृष्टि घर्तिमगरको ज्यान गएको प्रहरी नायव उपरीक्षक रमेश थापाले बताउनुभयो ।
बालिकाका हजुरबुबा मन बहादुर घर्ति र १४ वर्षका भिम बहादुर घर्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएका प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

Post a Comment

 
Top