काठमाडौं, भदौ १० – गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएराती राती १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । 
केन्द्रका अनुसार बैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर माथिका ३ सय ८० भन्दा धेरै पराकम्पन गइसकेका छन् । ठूलो भूकम्पपछि सानो पराकम्पन आउनु स्वभाविक भएको विज्ञले बताएका छन् । यसअघि बुधबार दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Post a Comment

 
Top