रौटहट, भदौ ६ – रौतहटमा आइतबार बिहान घर भत्किँदा एक बालिकाको ज्यान गएको छ । जटहरा गाविस–२ मा गरिब पण्डितको घर भत्किँदा राम विनोद पण्डितकी २ वर्षकी छोरी काजल कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

घर भत्केर बालिकालाई थिच्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

Post a Comment

 
Top