भक्तपुर, भदौ ४ – शुक्रबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ११ जना पण्डितले एकैसाथ शंख बजाएका छन् । शंख बजेको सुनेर छिमेकी र अरु मानिस विहानै ओली निवासमा के भयो भन्दै हेर्न झूम्मिएका थिए । एकछिनमै हिन्दू राज्यका लागि ओली निवासमा शंख बजाएको थाहा भयो ।
नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दू राज्य लेख्न माग गर्दै हिन्दू धर्मावलम्बीहरुले ओली निवासमा शंख बजाईएका हुन् । ओमकार समाजको नेतृत्वमा आएको समूहले शंख बजाउँदै ओली समक्ष हिन्दू राज्यको माग गरेको हो ।
उनीहरुले ९४ प्रतिशत हिन्दू धर्मावलम्वी भएको देशलाई धर्म निरपेक्ष गर्न पाईन्न, हिन्दू राज्य कायम गर्नै पर्छ भन्ने माग राखेका थिए ।   

Post a Comment

 
Top