काठमाडौं, भदौ १० – १९ वर्षमूनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले र अफगानिस्तानबिचको खेल सुरु भएको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स सुरु भएको खेलमा दुवै टोलीले आक्रमक सुरुवात गरेका छन् ।
अफगानिस्तान बलियो प्रतिद्वन्द्वी भएकाले पूर्ण तयारी गरी राम्रो खेल प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । यस्तै आजै हुने अर्को सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ ।

Post a Comment

 
Top