काठमाडौं, भदौ ९– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले २०५७ सालमा बनाएको योजना सफल हुने विन्दुमा पुगेको बताउनुभएको छ । संविधानको परिमार्जित विधेयकको माथि छलफलमा भाग लिँदै दाहालले संविधानसभाबाट संविधान बनाउने योजना आफूले नै अघि सारेको र त्यो सफल हुने अवस्थामा पुगेको उल्लेख गर्नुभएको हो । 
छलफलमा भाग लिँदै उहाँले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने माओवादीले ०५७ सालमा पारित गरेको एजेण्डा नै अहिले देशकै एजेण्डा भएको बताउनुभयो । संविधान निर्माणप्रति नागरिले देखाएको चासो सकारात्मक भएपनि हिंसात्मक घटना हुनु  दुखद् भएको प्रचण्डको भनाई छ । प्रचण्डले असन्तुष्ट पक्षलाई संविधानसभाबाट नबाहिरन आग्रह पनि गर्नुभयो । ‘वार्ता र संवादबाटै समस्याको समाधान गर्न सकिन्छ । दलित, जनजाति, मेधसी, थारु समुदायका माग जायज छन्, तिनलाई समेट्दै जान सकिन्छ’, प्रचण्डको भनाई छ ।  
फरक फरक विचार, सिद्धान्त बोकेका पार्टी हुँदा पनि सम्झौता गरेर संविधान बनाउनु पर्ने भएकाले केही असन्तुष्टि देखिनु सकारात्मक भएकाले त्यसलाई समेटर जानुपर्ने उहाँले बताउनुभयो ।
छलफलमा भाग लिँदै मधेसी जनअधिकार फोमर लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले प्रस्तावित सात प्रदेशको सीमाङ्नको खाकाले सडकमा पोखिएको असन्तोषको समाधान दिन नसक्ने बताउनुभयो । उहाँले आफू अझै पनि वार्ता र छलफलबाटै समाधान खोज्ने पक्षमा रहेको उल्लेख गर्नुभयो । विधेयक संशोधन गर्ने बेलासम्म सीमाङ्नलाई नसच्याएर जारी गरिएको संविधानको कुनै अर्थ नरहने गच्छादारको भनाइ छ । 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण केही नेताको सिन्डिकेट लादिएको आरोप लाउनुभयो । राणाकालीन भारदारी सभाजस्तै ठूला नेताले निर्णय लादेको उहाँको तर्क छ । 
विधेयकमाथिको छलफल तराई केन्द्रित संघीय समाजवाद फोरम नेपाल, तराई मेधस लोकतान्त्रिक पार्टीले बहिस्कार गरेका छन् । फोरम नेपालका नेता अशोक राईले राज्यले विगतमा देखाएको आशाअनुसारको संविधान आउनु आवश्यक भए पनि मस्यौदा संविधानले नागरिकका अपेक्षा पूरा गर्न सकेको उल्लेख गर्नुभयो ।

Post a Comment

 
Top