६ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली हान्ने सुटर भगवान भन्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्यूरोले साउदी अरबबाट आइतबार काठमाडौं ल्याएको छ ।
बाबु थापा उर्फ सन्जय स्माइलीमगर हतकडीमा । फाइल तस्वीर
बाबु थापा उर्फ सन्जय स्माइलीमगर हतकडीमा । फाइल तस्वीर
साउदी अरबमा पक्राउ परेका स्माइलीलाई नयाँदिल्ली हुँदै आइतबार विहान सवा ९ बजेतिर एयर इण्डियाको विमानबाट काठमाडौं ल्याइएको हो ।
सर्वोच्च अदालतका तत्कालीन अध्यक्ष बमको ०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क नजिकै गोली हानी हत्या भएको थियो ।
चुरे भावरका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या भएको थियो । हत्यामा संलग्न बाबुसहित चार जनालाई प्रहरीले गत पुसमा नै पक्राउ गरेको छ ।
न्यायाधीश बममाथि गोली हान्ने सुटर रामेछापका स्माइली भने रोजगारीका लागि साउदी अरब पुगेका थिए । इन्टरपोलको सहयोगमा स्माइलीलाई पक्राउ गरिएपछि नेपाल ल्याउन भने निकै समय लागेको छ ।
http://www.onlinekhabar.com/

Post a Comment

 
Top