बर्दिया, साउन २७ – सर्पको टोकाईबाट बुधबार बर्दियामा दुई महिलाको ज्यान गएको छ । सर्पको टोकाईबाट धधवार ६ तल्लो बनगाई की ३५ वर्षिया रामकलीया थारु र गुलरिया नगरपालिका ६ की ३१ वर्षिया सिर्जना तिवारीको ज्यान गएको हो ।
मंगलबार वेलुका आफ्नै घरमा खान खाने समयमा चटाई तान्दै गर्दा धधवार ६ की रामकलीया थारुलाई सर्पले डसेको थियो । घरमै झारफुक गर्दा निको नभएपछि राती नै नेपालगञ्ज अस्पताल लगिएकोमा उहाँको बुधबार विहान ज्यान गएको धधवारका ज्ञानु थारुले जानकारी दिनुभयो ।
यस्तै गुलरिया ६ की सिर्जना तिवारीलाई घरमै बसिरहेको अवस्थामा सर्पले डसेपछि उपचार गर्न लगेकोमा बिहान जिल्ला अस्पताल गुलरियामा ज्यान गएको प्रहरीले जनाएको छ ।
Post a Comment