काठमाडौं, साउन २७ - कास्कीका सभासदसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी पहिरो पीडितका लागि राहत दिन माग गरेको छ।
केही दिन अगाडि लुम्ले, भदौरे तामाङ्गी र विजयपुरलगायतका स्थानमा गएको पहिरोमा परेका पीडित परिवारलाई राहत दिनुको साथै विग्रेका भौतिक संरचनाहरुको शिघ्र निर्माणको माग प्रतिनिधि मण्डलले गरेको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाको नेतृत्वमा गएको सर्वदलीय प्रतिनिधि मण्डलले पीडित परिवारहरुको तत्काल राहतमा सरकार, स्थानीय प्रशासन,स्थानीय जनताबाट भएको सहयोगको सराहना गर्दै सो क्षेत्रमा भत्के बिग्रेका सडक, खानेपानी, सार्वजनिक भवन र निजी भवनहरुको निर्माणका लागि अनुमानित लागत र योजना सहितको प्रतिवेदन पनि पेश गरेको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले सरकारले भूकम्प, पहिरो र बाढी प्रभावित नेपालीको राहत र पुनस्र्थापना कार्यलाई प्राथमिकता दिएको बताउनु भएको थियो ।
Post a Comment