२७ साउन, काठमाडौं । प्रमुख दलहरुबीच धर्म निरपेक्षता संविधानमा राख्ने कि
नराख्ने बारे सहमति हुन बाँकी रहेका बेला चार मध्ये तीन दल धर्म निरपेक्ष
हटाउने पक्षमा देखिएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले धार्मिक स्वतन्त्रता भन्ने शव्द
राख्नुपर्ने धारणा यसअघि व्यक्त गरिसकेका छन् । एमाओवादीले धर्म निरपेक्षता
हटाउने भनिसकेको छैन तर अध्यक्ष प्रचण्डले उपयुक्त शव्द राख्न सकिने
बताइसकेका छन् ।
चार दलमध्येको चौथो दल फोरम लोकतान्त्रिकले औपचारिक रुपमै धर्म निरपेक्षता
शव्द हटाउनुपर्ने प्रष्ट पारेको छ ।
फोरम लोकतान्त्रिकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति समक्ष
बुझाएको लिखित असहमतिमा धर्म निरपेक्षताको साटो धार्मिक स्वतन्त्रता शव्द
प्रस्ताव गरिएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले हस्ताक्षर गरेको फरक मतमा
भनिएको छ-नेपाली जनताबाट व्यक्त आम मनोभावनालाई कदर गर्दै संविधानमा
‘सर्वधर्म समभाव युक्त धार्मिक स्वतन्त्रता’ शव्द राखियोस् ।
कांग्रेस, एमाले र एमाओवादीले लिखित रुपमा धर्म निरपेक्षताको साटो अर्को
शव्द ल्याइसकेका छैनन् । यद्यपी धर्म निरपेक्षता र हिन्दू राज्यको बीचबाट
सबैलाई मान्य हुने शव्दको खोजी भइरहेको स्रोतले जनाएको छ ।
हेर्नुस् फोरम लोकतान्त्रिकको फरक मत
See more at: http://www.onlinekhabar.com
Post a Comment