इनरुवा । नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै आज बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ ।

Nepal Bandaबन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन हुन दिएका छैनन् ।
मधेस प्रदेश बचाउ सङ्घर्ष समितिले मधेस बन्दको आह्वान गरेको हो । यसैबीच थारु सङ्घर्ष समिति र थारु कल्याणकारिणीसभा सुनसरीले गरेका बन्दका कारण तेस्रो दिन पनि सुनसरीको इटहरी, दुहबी, झुम्कालगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
तराईका २२ वटा जिल्लालाई थरुहट प्रदेशमा राख्नुपर्नेलगायतका माग राख्दै छ दिने बन्दको आह्वान गरेकोे सङ्घर्ष समितिका सदस्य मिलीराम चौधरीले जानकारी दिए ।
- See more at: http://www.khabardabali.com

Post a Comment

 
Top