मलेसिया, साउन २६ – मलेसियामा ४६ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको प्रहरीले अवैध रुपमा बस्दै आएका ४६ जना नेपालीलाई मंगलबार पक्राउ गरेको हो ।
मलेसियाको मलक्का राज्यका विभिन्न स्थानमा काम गरिरहेका अवैधानीक नेपालीलाई यहाँको अध्यागमन विभागले पक्राउ गरेको हो । मलेसियाको प्रहरीले गएको हप्ता गएर ४६ जना नेपाली सहित अन्य देशका अवैध रुपमा बस्दै आएका कामदारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाकिस्तानका १० जना, बंगलादेशका २०, इन्डोनेशियाका १२, म्यानमारका २१ जना र एक एक जना भारतीय र भीयतनामी नागरिक पनि छन् ।
Post a Comment