काठमाडौं, साउन २७ – प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको सीमांकनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
सुर्खेत लगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भैरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंशा थेग्न नसक्ने भन्दै लामो संघर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।    
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान रेडियो नेपालको भूकम्प पीडितलाई सहयोगार्थ रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले नागरिकको मागप्रति चार दलका शीर्ष नेताले सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेकाले आन्दोलन फिर्ता लिन आग्रह गर्नुभभयो ।     
भूकम्पको विपदपछि मुलुकको विकासका लागि अन्तिम अवसर आएको र छिमेकी राष्ट्रको सहयोग सद्भाव बढेको भन्दै उहाँले चाँडो लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी संविधानमा सबै जनताको अधिकार समावेश हुने विश्वास दिलाउनुभयो ।

Post a Comment

 
Top