काठमाडौं, साउन ७ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मुल्यवृद्धि ८ दशमलव ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य सहितको मौद्रिक नीति बिहीबार सार्वजनिक गरेको हो ।
गएको असार २९ गते ल्याइएको चालु आर्थिक वर्षको बजेटमा मुल्यवृद्धिको लक्ष्य तोकिएको थिएन । गएको वर्ष मुल्यवृद्धिको लक्ष्य ८ प्रतिशत राखिएको थियो । तर ११ महिनामा मुल्यवृद्धि ७ दशमलव ५ प्रतिशत भएको थियो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिीवि नेपालले अहिले मुद्रास्फीति ७ दशमलव ५ प्रतिशतको 
हाराहारीमा रहेको बताउनुभयो । त्यस्तै उहाँले ८०९ अर्ब रुपैयाँ वैदेशिक विनिमय सञ्चिती रहेकाले अबका १३ महिनाको वस्तु आयातका लागि पर्याप्त हुने बताउनुभयो । मनसुन समयमै सुरु भएकाले सरकारले राखेको ६ प्रतिशतको आर्थिक विकासको लक्ष्य पुरा हुन सक्नेपनि गर्भनर नेपालले बताउनुभयो ।

Post a Comment

 
Top