घनश्याम पौडेल
    अर्घाखाँची ६ साउन । स्थानीय निकायको बजेट बिनियोजन तथा कार्यन्वयन प्रकृयाको बारेमा समीक्षा तथा छलफल कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
लुम्बिनी सामाजिक बिकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा जिबिस र गाविसमा हुने बजेट बिनीयोजनको प्रकृया , बिकास निर्माण , सेवा प्रबाहका बिषयमा भएको एलजिएफले गरेका कार्यको बारेमा कार्यक्रम संयोजक सुरज सारुले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले जिबिस र गाविसको काम छिटो, छरितो बनाउन र सेवाग्राह्रीको मर्म समेटिने खालको बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जनार्दन खनाल,नेकपा माओबादीका पिताम्बर आचार्य, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल,लगायत सरकारी कार्यलयका प्रमुख, संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी सामाजिक बिकास केन्द्रले अहिले सन्धिखर्क नगरपालिका र ९ गाविसमा एलजिएफको कार्यक्रम गरिरहेकोमा आगामीब र्ष देखि थप २२ गाविसमा कार्यक्रम सञ्चालन हुने पनि जानकारी गराइएको थियो ।
कार्यक्रम उत्तरदायी अधिकृत कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

Post a Comment

 
Top