धनुषा, असोज ८ – संयुक्त यूवा तथा संघर्ष समिति तथा मधेश अधिकार संघर्ष समितिले जनकपुरमा राष्ट्रपति डाक्टर रामवरण यादवसहित नेपाली काँग्रेस, नेकपा एमाले तथा एकीकृत नेकपा माओवादीका सभासदको घरमा कालो झण्डा झुण्ड्याएको छ ।

उनीहरुले जनकपुरको थापाचोकस्थित राष्ट्रपति डा.रामबरण यादवको घरमा कालो झण्डा झुण्ड्याएको छ । राष्ट्रपति पुत्र तथा धनुषा क्षेत्र नं. पाँचबाट संविधानसभामा निर्वाचित नेपाली काँग्रेसका सभासद चन्द्रमोहन यादवको घर राष्ट्रपतिको घर परेकोले झण्डा गाडेको आन्दोलनकारीले बताएका छन् । 

Post a Comment

 
Top